१६ चैत्र २०८० शुक्रबार
राजनीति

सभामुखले एमाले सांसदलाई सम्झाए संविधानको धारा १०५

संसद् बैठकमा अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराएका छन्।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूको आरोप रहँदै आएको छ। यस विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको छ।

सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहरूले अहिले संसद बैठकमा नाराबाजी गरेका छन्। यहीक्रममा सभामुख सापकोटाले संविधानको धारा १०५ स्मरण गराएका छन्।

नेपालको संविधानको धारा १०५ मा लेखिएको छः नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तगा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन।

तर, महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पुर्‍याएको मानिने छैन। 

प्रकाशित: २५ भाद्र २०७८ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App