२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्वास्थ्य मापदण्डको पालना गरी तिज मनाउन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरी हरितालिका तिज मनाउन आह्वान गरेका छन्। शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड-१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तिज मनाउन नपाए पनि स्वास्थ्य मापदण्डको पालना गरी मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै तिज मनाउन अनुरोध गरेका हुन्।

प्रम देउवाले तिज सामाजिक सदभावसहितको पर्व रहेको र तिजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सदभाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन्। आज हरितालिका तिज मनाइँदैछ । तिजको अवसरमा महिलालाई सार्वजनिक विदा दिइएको छ।

प्रकाशित: २४ भाद्र २०७८ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App