१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

जेठ २ बिरालो बाँधेजस्तो होइन : ओली

पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिरःउमेश पुन/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको बताएका छन्। पोखरामा मंगलबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले माधव नेपाल समूह छाडेर बसेकासँग गरिएको दशबुँदे सहमति अनुसार जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको स्पष्ट पारेका हुन्।  

‘जेठ २ भनेको विरालो बाँधेजस्तो होइन,’ उनले भने, ‘जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव छैन।’ ओलीले विवाद समाधान गर्न जसो गर्दा सहज हुन्छ त्यसो गर्न भने सकिने बताए। अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई फुट्न नदिन दशबुँदे सहमति गरेपनि माधव नेपालले त्यसलाई लत्याएको आरोप लगाए। सोहि सहमति अनुसार विवाद समाधान गर्दै पार्टीलाई मजबुत बनाउने उनको भनाई छ।

अध्यक्ष ओलीले नेकपा एमालेलाई चारैतिरबाट पासो थाप्ने काम भईरहेको आरोप लगाए। त्यसको अगुवाई माधव नेपालले गरेको आरोप लगाउँदै उनले भने, ‘नेकपा एमालेलाई चौतिरबाट पासो थाप्ने काम भइरहेको छ, त्यसको अगुवाई माधव नेपाल भन्ने व्यक्तिले गरिरहेका छन्।’ लिम्पीयाधुरा, लिपुलेकलगायतका क्षेत्र समेटेर नक्सा जारी गरे लगत्तैदेखि एमाले नेतृत्वको सरकार ढलाउन, एमालेलाई फुटाउन विभिन्न शक्तिहरु लगिरहेको उनको आरोप थियो।

प्रकाशित: २२ भाद्र २०७८ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App