१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अध्यक्ष देउवाले सिद्धान्तको खिल्ली उडाएको भन्दै मीन विश्वकर्माद्वारा पार्टीबाट राजीनामा

नेपाल दलित संघका अध्यक्ष एवम् नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य मीन विश्वकर्माले पार्टीबाट राजीनामा गरेका छन्। पार्टीको महाधिवेशनको मुखमा केन्द्रीय सदस्य विश्वकर्माले राजीनामा गरेका हुन्। उनले बुधबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा दिए।

उनले नेपाली कांग्रेसको अहिलेको विधानको गलत व्याख्या गर्दै बनाइएको असमावेसी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकावाट विना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिएको भन्दै राजीनामा दिएको खुलाकाएका छन्।  

‘वर्तमान विधानको गलत व्याख्या गर्दै वनाइएको असमावेसी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकावाट विना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिएको छ। तर पार्टीमा सधै बर्चश्व रहेको जाति, वर्ग, समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ। एघारौं महाधिवेशन सम्माननीय सभापतिज्यू आफैले प्रारम्भ गर्नु भएको ‘कदमजम’ सिद्धान्तको खिल्ली उडाएको छ।’ पत्रमा भनिएको छ।

यस्तै राजीनामा पत्रमा ‘यसरी षड्यन्त्रमुलक ढंगवाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन। यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भ्रातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकोले आजैका मितिदेखि लागू हुने गरी उल्लेखित दुबै पदबाट राजीनामा गरेको छु।’ उल्लेख छ। 

प्रकाशित: १६ भाद्र २०७८ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App