७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सभापति देउवालाई क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न दबाब

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन्। वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे।

पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरुले धर्ना दिइरहेका छन्। सोही धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भएपनि पार्टीको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरे।

उनले पार्टीको वैधानिक संकट आउन नदिन आगामी भदौं १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने दोेहोयाएइ। वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाई नगरेको गुनासो पनि गरे। उनले पार्टी नेतृत्व इमान्दार भए अझै पनि तोकिएकै समयमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे।

प्रकाशित: ९ भाद्र २०७८ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App