coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंगो लाग्ने

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दल दर्ता प्रक्रिया आज टुंगो लगाउने भएको छ। दुवै दलका नेताले आज सनाखतका लागि भौतिक रूपमा उपस्थिति हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ।

सनाखतका लागि ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ। राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको थियो। अध्यादेशमा संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने व्यवस्था गरिएको छ।

एमालेका २०३ केन्द्रीय सदस्यमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यको नामावली आयोगमा बुझाएका थिए। यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरूको नामावली आयोगमा बुझाएका छन्।

प्रकाशित: ९ भाद्र २०७८ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App