१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जिल्ला सभापतिहरूले गरे कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

कांग्रेस केन्द्रीय कार्यालय केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूले धर्ना दिएका छन्। क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा उनीहरुले धर्ना दिएका हुन्।  

पार्टी नेतृत्वलाई नामावली सार्वजनिक गर्न पटक पटक  माग गरे पनि वेवस्ता गरेको भन्दै आफूहरु धर्नामा बस्न बाध्य भएको जनाएका छन्।  

प्राविधिक तयारी पूरा गरी कांग्रेसले अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ। सदस्यतालाई पारदर्शी बनाउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता र जिल्ला सभापतिहरुले सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै आएका छन् ।

सोमबार राति पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्य छानबिन समितिको प्रतिवेदन बुझाएका थिए।

प्रकाशित: ८ भाद्र २०७८ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App