३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

फाइल तस्बिर

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

राजनीतिक दलसम्बन्धी व्यवस्थामा संशोधनका लागि अध्यादेश ल्याउन बैठक बोलाइएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई पार्टी विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याउन लागिएको चर्चा भइरहेका बेला देउवाले आज बिहान जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेतासँग पनि छलफल गरेका थिए।

प्रकाशित: १ भाद्र २०७८ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App