coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'भूमि समस्या समाधान आयोग खारेजी पछि जनतामा निरासा छायो'

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।  

बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेकपा एमाले निकटको किसान महासंघका मोरङ संयोजक देवेन्द्र पौडेलले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन आग्रह गरेका हुन्। उनले भूमि सम्बन्धी समस्या समाधान आयोगले राम्रो काम गरेको भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवास गरिरहेका जनताहरूले लालपुर्जा पाउने आसा गरिहेको अवस्थामा आयोग नै खारेज गरेपछि जनतामा निरासा छाएको बताए।  

उनले भने,‘आयोगले भूमिसम्बन्धी समस्या समाधान गर्ला भनेर आसमा बसेका जनता आयोग नै खारेज भएपछि निरास भएका छन्।’ पौडेलले भूमिसम्बन्धी आयोग खारेजीको निर्णय सच्याएर भूमिहिन, सुकुम्वासी र अव्यवस्थित रुपमा बसोवास गरिरहेकाहरूको समस्या समाधान गर्न सरकारसँग माग पनि गरे।  

ज्ञापनपत्र बुझाउन नेकपा किसान महासंघका पदाधिकारीहरू, नेकपा एमालेका नेताहरू, युवासंघका पदाधिकारीहरू लगायत सहभागी थिए।

प्रकाशित: २१ श्रावण २०७८ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App