२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ : अध्यक्ष दाहाल

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरे ।  

मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति अहिले जबर्जस्त रूपमा विकास भएको उनको भनाइ छ । नेकपाका संस्थापक कर्माचार्य कहिल्यै पनि पदका पछाडि नलागेको सन्दर्भ कोट्याउँदै उनले कम्युनिष्ट नेता कार्यकर्ताले कर्माचार्यको जस्तै आचरण देखाउन सक्नुपर्ने बताए ।  

पद र शक्तिका लागि नेता कार्यकर्ताको होडबाजी चल्ने गरेको उल्लेख गर्दै उनले त्यसले कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुुग्ने सुनाउए । ‘अहिले मलाई यति सकस परेका छ, माओवादीका ४९ सांसदलाई मन्त्री पद चाहिएको छ’, उनले भने, ‘हामीले धेरै पायौँ भने सात मन्त्रालय पाउने अवस्था हो, मन्त्री बनाउन चौतर्फी दबाब छ, त्यसकारण म तनावमा छु ।’

उनले मुलुकलाई असफल बनाउने प्रयासविरुद्ध एक भएर लडेको गठबन्धनलाई कमजोर बनाउन प्रयास भइरहेको बताए । पद पाए सो अवसरमा अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई कुनै लापरबाही गर्ने छुट नभएको उल्लेख गरे । उनले सरकारमा रहेर जनपक्षीय काम गर्न पनि निर्देशन दिए । रासस 

प्रकाशित: ९ श्रावण २०७८ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App