११ कार्तिक २०७८ बिहीबार
राजनीति

अदालतको फैसलाको विरोधमा धनकुटामा जुलुस

सर्वोच्च अदालतले गरेको संसद पूनस्र्थापनाको फैसला गलत भएको भन्दै युवा संघ नेपाल धनकुटाले विरोध गरेका छन्।

केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बल्दिप राईले पाख्रीबासमा आयोजित विरोध कार्यक्रममा बोल्दै नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपाल सधै भरी नेपाली जनताको पक्षमा लडार्इं जारी राख्ने भन्दै मुलुकमा केपी ओली नेतृत्वको सरकारले मात्र नेपाली जनताले देखेको सपनालाई पूरा गर्ने ठोकुवा गरे।

देश र जनताको निम्ति अदालतले गरेको निर्णय मान्य नहुने भन्दै उनले अदालतको निर्णयविरुद्ध युवा संघले कडा आन्दोलन गर्ने चेतावनी दिए।  

उनले पाख्रिबास नगरपालिकामा गत असार १० गते निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने समयमा भएको घटनाका दोषीलाई कारबाही गर्न समेत माग गरे।

प्रकाशित: २८ असार २०७८ २१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App