१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले  प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् । उनले सर्वाेच्च अदालतको फैसलापछि सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वाेच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनःस्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य रहेको बताएका हुन् । 

‘अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनःस्थापना गर्ने गरी गरेको आदेसको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु’, उनले भनेका छन् । 

त्यस्तै १० बुँदे सहमतिलाई ईमन्दारिताका साथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का बनाउने विश्वास व्यक्त गरेका छन् ।  

‘हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने ।

प्रकाशित: २८ असार २०७८ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App