२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेमा ओली र नेपालबीच १० बुँदे सहमति

नेकपा (एमाले) को कार्यदलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति गरेको छ। आइतबार बसेको कार्यदलको बैठकले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो।

लामो बैठकपछि सहमतिबारे जानकारी दिँदै नेता भीम रावलले एकताबद्ध हुँदै अगाडि बढ्ने सहमति भएको र कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको जानकारी गराएका थिए।

यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठक अनुमोदन गर्ने नेताहरुले बताएका छन्। नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउनेछन्। एमालेका सचिव प्रदीप ज्ञवालीले उक्त सहमतिको १० बुँदे प्रस्ताव सञ्चारकर्मीहरुलाई पढेर सुनाएका थिए।

प्रकाशित: २७ असार २०७८ १७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App