१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले कार्यदल बैठकमा सहमति हुन सकेन, भाेलि फेरि बस्ने

नेकपा (एमाले)को कार्यदल बैठक सकिएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको मंगलबारको बैठकमा पनि कुनै सहमति हुन सकेन।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो। अर्को बैठक फेरि बुधबार विहान बस्ने बताइएको छ।  

यसअघि हिजो सोमबार पनि कार्यदल बैठक बसेको थियो। उक्त बैठकमा पनि सहमति हुन नसकेपछि आजलाई बैठक बोलाइएको थियो।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।

यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

प्रकाशित: २२ असार २०७८ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App