९ कार्तिक २०७८ मंगलबार
राजनीति

पूर्वमन्त्री कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

गत वैशाख २५ गते बहराइनको राजदूतमा पूर्वमन्त्री युवराज कार्कीलाई नियुक्ति गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

राजदूतमा सिफारिश हुने व्यक्तिको योग्यता, दक्षता, अनुभवसँग जोडिएको प्रश्नको साथै राजदूत नियुक्ति गर्दा नेपाल परराष्ट्र सेवाका राजपत्राकिंत विशिष्ट वा प्रथम श्रेणीका बहालवाला अधिकृतहरुमध्येबाट कूल राजदूत पदको पचास प्रतिशत नघट्ने गरी गर्नुपर्ने विषयमा प्रश्न उठेको थियो।

अदालतले मित्रराष्ट्र बहराइनका लागि आवासीय नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिश भएका कार्कीको हकमा राजदूत नियुक्ति सम्बन्धी निर्देशिकाको दफा ३ बमोजिमको न्यूनत्तम शैक्षिक योग्यता समेत नपुग भएको देखिएको जनाएको छ।

प्रकाशित: १३ असार २०७८ १८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App