१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

माधव नेपाल समूहका जीवन राईको नेतृत्वमा नयाँ दल दर्ता

नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुधवार निर्वाचन आयोगमा दर्ता भएको छ। 

आयोगले नेकपा (एकीकृत) दर्ता गरी कलम चिह्नसहितको प्रमाणपत्र राईलाई प्रदान गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको सोमबार बसेको बैठकले नेकपा एकीकृत दर्ता गर्ने निर्णय गरेर बुधबार दर्ता प्रमाणपत्र प्रदान गरिएको हो। 

आयोगका अनुसार उक्त पार्टीको दर्ता नम्बर १ सय ६३ छ। अध्यक्ष राईसहित उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुवर र कोषाध्यक्ष शुशील खनाललगायतको तदर्थ समिति बनाएर उनीहरूले वैशाख ७ गते दल दर्ताका लागि निवेदन दिएका थिए।

प्रकाशित: १० असार २०७८ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App