४ वैशाख २०८१ मंगलबार
राजनीति

वैद्यको अभिव्यक्तिमा कांग्रेस प्रवक्ताले आपत्ति जनाउँदै भनेः शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्।

प्रवक्ता शर्माले प्रदेशसभा सदस्य वैद्यले आफ्नो आपत्तिजनक शब्द फिर्ता लिएर आत्मालोचना गर्नु पर्ने बताएका छन्। उनले सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न भन्दै उक्त अभिव्यक्ति नेपाली कांग्रेसको परम्परा नभएको पनि स्पष्ट पारेका छन्।  

'सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न! आवेगको बोलि र ब्यवहार (भावनात्मक उत्तेजना) भनेर उन्मुक्ति हुन्न', उनले भने, 'शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ, तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।'

यस्तै, उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको पनि बताएका छन्।

शुक्रबार प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, 'खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’

 

प्रकाशित: २९ जेष्ठ २०७८ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App