१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा आज मन्त्रिपरिषद विस्तार हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागिएका हुन्।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालले ७ मन्त्री थपिन लागेको संकेत दिएका छन्। आजै मन्त्री बन्नेमा गणेश पहाडी, मोहन बानिया, नारदमुनि राणा र खगराज अधिकारीको नाम चर्चामा छ।  

सात मन्त्री र एक राज्यमन्त्रीले आजै ४ बजे शपथ ग्रहण गर्न लागेको पनि उपप्रमुख रिजालले जानकारी गराए।

मन्त्रिपरिषदमा कर्णालीले पनि प्रतिनिधित्व गर्ने उनले संकेत दिएका छन्।

प्रकाशित: २७ जेष्ठ २०७८ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App