२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री महतोको पुतला दहन

एमाले माधव नेपाल निकट युवाहरु धनगढी पार्कमोडमा पुतला दहन गर्दै । तस्बिरः पुष्पराज जोशी/नागरिक

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको धनगढीमा पुतला दहन गरिएको छ । नेकपा एमाले नेपाल समूहका युवाहरुले धनगढीको एलएनचौक र पार्कमोडमा मन्त्री महतोको पुतला दहन गरेका हुन् ।  

मन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनको पुतला दहन गरिएको अनेरास्ववियु कैलाली उपाध्यक्ष केशरी रेग्मीले बताइन् ।  

यस्तै कैलालीकै घोडाघोडी नगरपालिका सुखड चोकमा माओवादी केन्द्र निकट वाइसियल र अखिल क्रान्तिकारीले पनि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री  महतोको पुतला दहन गरेको छ । प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले राष्ट्रघाती अभिव्यक्ति दिएका कारण पुतला दहन गरिएको आन्दोलनकारीहरुले बताए । पुतला दहन गर्नु अगाडि उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।  

प्रकाशित: २३ जेष्ठ २०७८ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App