२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

थापाको निधनको खवरबाट स्तब्ध भएको छुः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको बताएका छन्। 

सामाजिक सन्जालमा ट्वीट गर्दै प्रधानमन्त्रीले थापाको निधनलेआफू स्तब्ध भएको बताउँदै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन्। यसैगरि प्रधानमन्त्री ओलीले शोकाकुल परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेका छन्। थापाको मेडिसिटी अस्पातलमा आज अपरान्ह उपचारको क्रममा निधन भएको छ। उनको निधनप्रति सर्वसाधारण, राजनीतिक दल तथा उद्यागी, व्यवसायीहरुले समेत श्रद्धाञ्जलि दिँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्,'विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'

प्रकाशित: १८ जेष्ठ २०७८ १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App