१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संवैधानिक इजलासमा पुरानैलाई कायम

प्रनिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई कायम गरेका छन् । 

प्रतिनिधिसभाविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले माग राखेका थिए ।  तर आज पनि पुरानै ५ न्यायाधीशको इजलास निरन्तरता दिइएको छ।  आज प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, बमकुमार श्रेष्ठ र तेजबहादुर केसी, आनन्दमोहन भट्टराईसहितको बेन्चले नै मुद्दाको सुनुवाई गर्ने तय भएको छ।

त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आज संवैधानिक इजलासको सूची परिवर्तन गर्न सक्ने केही कानूनविदले अनुमानसमेत अड्कल गरेका छन् ।  

त्यस्तै संवैधानिक इजलास परिवर्तन गर्ने वा नगर्ने भन्नेबारे सोमबार न्यायाधीहरुले  छलफल पनि गरेका थिए । 

प्रकाशित: १८ जेष्ठ २०७८ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App