१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यकालागि आज दाङमा भइरहेको मतदानमा उनले भाग लिएनन् । मेयर राणाले आजै सामाजिक सञ्जालमार्फत सो जानकारी गराएका हुन् । कोरोना महामारीलाई परास्त गर्न सामूहिक लडाई लड्नु पर्ने बेला ठूला दलहरु सत्ता जनताकालागि नभइ सत्ता स्वार्थकालागि जुधेको भन्दै मतदान भाग नलिने निर्णय गरेको राणाले बताए । उनले आफनो पहिलो  प्राथमिकता मतदान नभइ कोडिभसँग जुध्नु रहेको उल्लेख गरेका छन् ।  

‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको चुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तब्य कोरोनासँग जुध्नु रहेकाले कांग्रेस एमाले र मओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मेले मतदान गर्न नसक्ने निर्णय गरेको हुँ’ मेयर राणाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

समुहिक महामारीका रुपमा आएको कोभिड–१९ नियन्त्रणका लागि सबै दलहरुले सत्ता र स्वार्थभन्दा माथि उठेर नियन्त्रणमा लाग्नुपर्नेमा उनले जोड दिए । कोरोना महामारीविरुद्ध लड्न समुहिक प्रयास अनिवार्य  भएको उनले बताए ।

लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि अहिले दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा मतदान भइरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकिने निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरु दाङ पुगेका छन् । मतदान सकिए लगत्तै मतगणना हुने र नतिजा पनि आजै आउने निर्वाचन कार्यालयले जनाएको छ ।  

प्रकाशित: १७ जेष्ठ २०७८ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App