१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा विघटनः प्रधानन्यायाधीशद्वारा संवैधानिक इजलास गठन

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हाे। संवैधानिक इजलासमा जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।

संवैधानिक इजलासमा बस्ने न्यायाधीशको छनोटपछि शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गरिनेछ। सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो।

प्रकाशित: १४ जेष्ठ २०७८ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App