१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विधि तथा प्रकृया अपनाएर राजनीतिक निकास खोज्न आग्रह

जवाफदेहिता निगरानी समितिले विधि तथा प्रकृया अपनाएर राजनीतिक निकास खोज्न आग्रह गरेको छ।

समितिले प्रेस विज्ञप्तिमार्फत् अहिलेको अवैधानिक प्रकृया सच्याई राष्ट्रिय सहमतिबाट नागरिकको स्वास्थ्य जोखिममा नपर्ने गरी विधि तथा प्रकृया अपनाएर राजनीतिक निकास खोज्न आग्रह गरेको हो।

समितिले लोकतन्त्रका आधारभुत मान्यता नै विधिको शासन भएकाले संवैधानिक सर्वोच्चतालाई केन्द्रविन्दुमा राखेर शासन–पद्धति सञ्चालन गर्न माग गर्दै अदालतको आदेश मान्न अनुरोध गरेको छ।

समितिले राष्ट्रपतिले नयाँ चुनावका लागि मिति घोषणा गर्नु असंवैधानिक र विपक्षी राजनीतिक दलहरुसत्ता प्राप्तिको दौडमा लाग्नु आपत्तिजनक समेत भएको जनाएको छ।

समितिले विद्यमान कोरोना भाईरसको दोस्रोे लहरमा सबै राजनीतिक दल तथा नागरिक समाज एकजुट भएर लड्नुपर्ने अवस्थामा सत्ता प्राप्तिलाई केन्द्रविन्दुमा राखेर राजनीतिक विसंगति र वितृष्णा निम्ताउने खेल खेल्नु अशोभनीय भएको उल्लेख गर्दै अस्पतालमा पर्याप्त शैय्या, अक्सिजन, आईसीयु, भेन्टिलेटरका अभावमा अकालमा ज्यान गुमाउन पुगेका तथा कोरना भाईरस विरुद्धको खोपको ब्यग्र प्रतिक्षामा बसेका नागरिकप्रति गैरजिम्मेवार हुनु दूर्भाग्यपूर्ण रहेकोमा खेद व्यक्त गरेको छ।

साथै, महामारीको व्यवस्थापनमा भएको वेथितिको मौका छोपेर नाजायज फाइदा उठाई रहेका कालाबजारी, बिचौलिया, जमाखोर र अस्पतालहरुले चर्को शुल्क असुल गरी भइरहेको आर्थिक शोषणप्रति प्रमुख विपक्षी राजनीतिक दलहरु तथा सरकार समेतको गम्भीर ध्यान नजानु र नियन्त्रणको उपाय अवलम्बन नगर्नु निन्दनीय रहेको प्रष्ट पारेको छ।  

प्रकाशित: ९ जेष्ठ २०७८ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App