२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सामर्थ्यलाई कोभिडविरुद्धको लडाइँमा केन्द्रित गरौः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण राष्ट्रिय सामर्थ्य कोभिडविरुद्धको लडाइँमा केन्द्रित गर्न आग्रह गरेका छन्। आइतबार बालुवाटारमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा ओलीले महामारीमा लड्न सबैको सहयोग अनिवार्य रहेको बताए।  

‘कोभिडविरुद्धको लडाइँमा सवैको सहयोग जरुरी छ,’ उनले भने, ‘तब मात्र हामीले महामारी माथि बिजय हासिल गर्न सक्छौ।’ जनताको जीवन पहिलो कुरा र यसको रक्षा पहिलो प्राथमिकता रहेको बताउँदै यसलाई पनि हैन भन्ने खालका तर्क दिने प्रति निराशा व्यक्त गरे।  

उनले सिलिण्डरको समस्या समाधान भएको भन्दै अक्सिजनको समस्या लगभग समाप्त भएको दावी गरे। ‘संक्रमितको बढ्ने ग्राफ तेस्रो तिर लागेको छ,’ उनले थपे, ‘हामीलाई लाग्छ केही दिनमा ओरालो लगाउने छौ।’

यस्तै, उनले विभिन्न देशबाट खोप ल्याउने काम जारी राखेको बताएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७८ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App