७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद विघटनविरुद्ध मुद्दा दर्ताको लागि हस्ताक्षर जारी

प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक भएको ठहर गर्दै सो कदमविरुद्ध मुद्दा दर्ताको लागि सिंहदरबारमा छलफल भइरहेको छ।

सिंहदरबारस्थित काँग्रेसको संसदीय दलको कार्यालयमा मुद्दा दर्ताका लागि आन्तरिक छलफल र अभ्यास भइरहेको नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले जानकारी दिए। 

उनले १४९ जना सांसदले हस्ताक्षर गरी राष्ट्रपतिसमक्ष पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेक गरेकोमा राष्ट्रपतिले त्यसको परीक्षण नगरी मिलेमतोमा गरेको खारेजीविरुद्ध अदालत जाने तयारी गरिरहेको बताए।

‘बद्नियतपूर्ण तरिका र मिलेमतोमा खारेज हाम्रो दाबी खारेज भयो, त्यो प्रक्रियाका विरुद्ध हामी अहिले हस्ताक्षर संकलन गर्दैछौं, मुद्दा दर्ताको लागि गृहकार्य गरिरहेका छौं,’ उनले भने।

प्रकाशित: ९ जेष्ठ २०७८ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App