१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रम ओलीको निर्देशन कार्यान्वयनका लागि मुख्य सचिवद्वारा निर्देशन

नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सातवटै प्रदेशका प्रमुख सचिवलाई निर्देशन दिएका छन्। आज सम्पन्न भर्चुअल बैठकमा मुख्य सचिव बैरागीले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन कार्यान्वयन गर्न र गराउनका लागि निर्देशन दिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरूको सहभागितामा भएको बैठकमा मुख्यमन्त्री बैरागीले अक्सिजनको उपलब्धतालाई सहज बनाउन प्लान्टहरूको पूर्ण क्षमतामा उत्पादन गर्ने, यसको वितरण प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन जोड दिए । छलफलमा कालोबजारी तथा कृत्रिम अभाव हुन नदिन र बजार अनुगमन तथा नियमनलाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिएको प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरणराज शर्माले बताए।

नेपाल सरकारबाट जारी भएको निषेधाज्ञा आदेशमा घोषणा भएका विषयमा प्रभावकारी अनुगमन, प्रदेश अन्तरर्गतका संरचनाको पूर्ण सक्रियता, जनचेतनाका लागि सामाजिक परिचालन जस्ता क्रियाकलाप, अस्पतालहरूको नियमन, बिरामीहरूले प्राथमिकता अनुरुप उपचार पाए नपाएको सम्बन्धमा सुपरीवेक्षण, अक्सिजन प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भए/नभएको नियमन, उत्पादन भएको अक्सिजनलाई बिरामीको चापको आधारमा वितरण, उद्योगहरूको सुरक्षा, उद्योगहरूमा बिजुली, पानीको नियमित प्रवन्ध, स्थानीय तहसँग पूर्ण समन्वय, छिटो छरितो निर्णय लिने प्रक्रिया जस्ता सबै पक्षमा सक्रिय भै कार्य गर्न र गराउन निर्देशन दिएको प्रवक्ता शर्माले जानकारी दिए।

मुख्य सचिव बैरागीले अक्सिजन उत्पादन गर्ने उद्योग जुनसुकै स्थानमा भएता पनि राष्ट्रिय आवश्यकताको आधारमा अक्सिजनको वितरण हुनुपर्ने, कतिपय अक्सिजन उद्योगहरूबाट साना तिना कारणले उत्पादन हुन नआएको अवस्था भएमा त्यस्ता सबै पक्ष र विषयलाई हेरी प्रदेशस्तरबाट विश्लेषण सहितको प्रतिवेदन माग गरेका छन्।

प्रकाशित: ३ जेष्ठ २०७८ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App