७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा एमालेले गर्‍यो नेपालसहित ४ नेताको कारबाही फुकुवा

नेकपा (एमाले)ले वरिष्ठ नेता  माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। पार्टी एकतालाई ध्यानमा राखेर सो निर्णय लिइएको बताइएको छ। 

गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको भन्दै  ती नेतालाई एमालेले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो ।

आन्तरिक विवाद समाधानका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने पनि सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७८ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App