२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री पोखरेलले गरे वैज्ञानिक पुनको प्रशंसा, दिए सहयोगको आश्वासन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाली वैज्ञानिक महावीर पुनको प्रशंसा गरेका छन् ।

म्याग्सेसे पुरष्कार विजेता एवं वैज्ञानिक पुनले कोरोनाविरुद्वको लडाईंमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका हुन्।  

सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईं सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको बताए।  

भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकटको समयमा आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको, अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई निःशुल्क वितरण गरेको जानकारी दिँदै संकटकालीन अवस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर जनताको जीवनरक्षा गर्न आग्रह गरे।  

भेटमा उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रलाई सरकारको तर्फबाट सक्दो सहयोग आश्वासन दिएका थिए। 

प्रकाशित: २६ वैशाख २०७८ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App