९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्तारुढ दलका शिर्ष नेतृत्वलाई मेलमिलापबाट अघि बढ्न परिवार दलको आग्रह

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले सत्तारुढ दल नेकपा एमालेका शिर्ष नेताहरुलाई मेलमिलाप गरेर नयाँ राजनैतिक संस्कृतिको थालनी गर्न सुझाव दिएका छन्। 

सिंगो राष्ट्र र नागरिकको जनजीवन कोभिड-१९ महामारीले आक्रान्त परेको र देशको अर्थतन्त्र थलो परेको अवस्थामा सबैभन्दा बढी जनादेश प्राप्त दललाई आन्तरिक द्वन्द्वमा समय बिताउने छुट हुँदैन भन्दै अध्यक्ष ढकालले क्षमा, प्रेम र एकताको मार्गचित्र अनुशरण गर्दै मुलुकलाई निकास दिन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आग्रह गरेका छन्।

पूर्वमन्त्री समेत रहेका ढकालले कठिन समयमा आँफू हारेर पनि देश र र जनतालाई जीताउने नेतृत्वनै इतिहासले कदर गर्ने बताउँदै यो अवसर एमालेका शिर्ष नेतृत्वलाई प्राप्त भएकोले खेर नफाल्न पनि आग्रह गरेका छन्। नेपाल परिवार दलले नेकपा एमालेसंग ३ बुदे सहमति गरि गत निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लडेको थियो।

प्रकाशित: २३ वैशाख २०७८ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App