गत कात्तिक ६ गते एकतप्पा गाविसको दोकानडाँडामा आयोजित कार्यक्रम बिथोल्ने मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सोही गाविस निवासी २० बर्षीय कार्यकर्ता उदय लिम्बू पक्राउ परेका हुन्। उनीसहितका कार्यकर्ताले नेम्वाङको सभा हुन नदिन माइक्रोफोन खोस्नेदेखि बाटो अवरुद्ध गरेको प्रहरी आरोप छ।
लिम्बूलाई म्याद थपेर सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि सो घटनामा संलग्न भई पक्राउ परेका एकतप्पा ८ का गोविन्दसिं लिम्बु र भुपेन लिम्बु पनि प्रहरी हिरासतमैं छन्। उनीहरु घटना भएकै दिन एकतप्पाबाट पक्राउ परेका थिए।
इलाममा चुनावविरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ। तीमध्ये छ जना लिम्बुवान र छ जना नेकपा माओवादी कार्यकर्ता छन्।
प्रकाशित: १८ कार्तिक २०७० २१:३१ सोमबार





