१५ चैत्र २०८० बिहीबार
राजनीति

टिप्परले बसलाई ठक्कर दिँदा २ बालिकाको मृत्यु

रुपन्देहीको कोटिहवामा टिप्परले बिबाहको बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । आज दिउँसो बुटवल–भैरहवा ६ लेन सडकको कोटिहवामा भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले बुटवलतर्फ नै आउँदै गरेको लु १ ख ९६८६ को बसलाइ ठक्कर दिँदा बसमा सवार दुई जना जुम्ल्याहा बालिकाको मृत्यु भएको हो ।  

मृत्यु हुनेमा तिलोत्तमा १५ की  सरस्वती हरिजनका जुम्ल्याहा छोरीहरु ८ वर्षे गंगा हरीजन र जमुना हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी सरस्वतीको गम्भीर अवस्थामा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि सत्यनारायण थापाले बताए ।  

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार रोकी राखेको बसलाई टिप्परले पछाडीबाट ठक्कर दिएको थियो । टिप्परले ठक्कर दिएपछि  हुत्तिएको बसले अगाडी पट्टी रहेको अर्को लु १ ख ५७८६ नम्बरको बस र लु २ च ७०१२ नम्बरको बाेलेरो जिपलाई समेत ठक्कर दिन पुगेको थियो । बाेलेरो र अर्को बसका यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १२ वैशाख २०७८ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App