१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।बुधबार कोटेश्वरको पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको जानकारी दिए । ‘केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ’, उनले भने ।  

उनले बैठकले केही दिनभित्र राजनीतिक प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदन स्थायी कमिटीमा प्रस्ताव गर्ने, स्थायी कमिटीको बैठकले प्रतिवेदनलाई प्रस्तावका रुपमा केन्द्रीय समितिमा अघि बढाउने निष्कर्ष निका लिएको पनि बताए ।

बैठकले कोभिड–१९ को प्रकोप तीव्र रुपमा बढिरहेको सन्दर्भमा आम जनसमुदायलार्ई सचेत हुन, स्वास्थ्य मापदण्ड पूरा गर्न अपिल गर्ने र  कोभिड संक्रमण न्यूनीकरणका लागि पार्टीका सम्पूर्ण कमिटी र पंक्तिलाई कोभिड १९ विरुद्धको अभियानमा खटाउने र सहजीकरण गर्न पनि निर्देशन दिने निर्णय भएको जानकारी दिए ।  

प्रवक्ता श्रेष्ठले कोभिड–१९ को संक्रमणको कारण प्रस्तावित केन्द्रीय समितिको बैठक मिति तय नगरिएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले परिस्थिति अनुसार बैठक बसिने बताए।

प्रकाशित: ८ वैशाख २०७८ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App