१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार भएको मतदानमा नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीले आवश्यक मत प्राप्त गरेका हुन् । ३९ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका थिए । मुख्यमन्त्री शाहीलाई विश्वासको मत पाउनका लागि २० जना सांसदको समर्थन आवश्यक थियो ।  

नेकपा एमालेका अम्मरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई समर्थन गरेका छन् । फ्लोर क्रस गर्नेहरु एमालेको माधवकुमार नेपाल समुहका सांसद हुन् । यि मध्ये प्रकाश ज्वाला र नन्दसिंह बुढा मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा क्रमशः आर्थिक मामिला तथा योजना मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

प्रकाशित: ३ वैशाख २०७८ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App