६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले पार्टी ओलीको बपौती होइन : नेपाल

नेकपा एमाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको बपौती नभई सबैको साझा पार्टी भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन्।  

अखिल नेपाल महिला संघको रौतहट जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई रौतहटको गरुडास्थित तुलसीलाल स्मृति सभा भवनमा सम्बोधन गर्दै नेता नेपालले पार्टीप्रति बफादार र इमानदार नेता कार्यकर्तालाई कारबाहीको डर देखाउँदै पार्टीभित्र हैकम चलाएको आरोप पनि लगाएका छन्।  

पार्टीले महिलालाई निक्कै सम्मान गरेको बताउँदै नेपालले देशमा प्रधानमन्त्री बाहेक सबैजसो उच्च पदमा महिलाले सम्मान पाएको बताएका छन्। स्थानीय बज्जिका भाषामा सम्बोधन गर्दै एमाले नेता नेपालले राष्टपति, सभामुख, प्रधान न्यायाधीशजस्ता पदमा महिला पुगिसकेको बताउँदै नेपाली महिला सक्षम बन्दै गएको तर अझ पनि धेरै काम गर्न बाँकी रहेको बताएका छन्।  

फेरि पनि पार्टीको आन्तरिक विषयलाई जोड्दै एमाले नेता नेपालले पार्टीलाई नियम र प्रक्रिया तथा विधिअनुसार नचलाई नियम र अनुशासनको निरन्तर उल्लंघन गरेको आरोप पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि लगाएका छन्। पार्टीले गरेको निर्णय नै नमान्ने, पार्टीको बैठक नै नबोलाउने र पार्टीमा आफूलाई मात्र सर्वोच्च ठान्ने प्रवृत्ति पार्टी अध्यक्षमा रहेकोले पार्टीमा गडबडी उत्पन्न भएको नेता नेपालको भनाइ छ।  

पार्टी अध्यक्ष ओली प्रधानमन्त्रीको पदमा रहेकोले मात्र उनले पार्टीमा हैकम चलाउन सकेको बताउँदै नेता नेपालले शासनको बागडोर हातबाट फुत्केपछि उनीसमक्ष कोही पनि नेता कार्यकर्ता टिक्न नसक्ने बताएका छन्।

प्रकाशित: २३ चैत्र २०७७ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App