१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कास्कीमा माधव नेपाल समूहको समानान्तर कमिटि

संयोजकमा धनराज आचार्य, सचिवमा होमबहादुर नेपाली

पोखरामा विहीबार एमालेको समानान्तर कमिटि घोषणा गर्दैै माधवकुमार नेपाल । तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटि गठन गरेको छ । नेपाल समूहको विहीबार पोखरामा भएको भेलाले समानान्तर कमिटि घोषणा गरेको हो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको भेलाले कास्की संयोजकमा धनराज आचार्यलाई चयन गरेको छ । सोहि भेलाले होमबहादुर नेपालीलाई सचिवमा चयन गरेको छ । कार्यक्रममा वरिष्ठ नेता नेपालले समानान्तर कमिटी घोषणा गरे ।

नेपाल समूहको संयोजकमा चयन भएका आचार्य तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका सहपाठी हुन् । आचार्य नेकपा एमालेका पूर्व जिल्ला कमिटि सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखराका स्ववियूका पूर्व सभापति हुन् । उनी हाल एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय अध्यक्ष पनि हुन् ।

सचिव चुनिएका होमबहादुर नेपाली पनि जिल्ला कमिटिका पूर्व सदस्य तथा पृथ्वीनारायण क्याम्पस स्ववियूका पूर्व कोषाध्यक्ष हुन् । नेपाली यसअघीको जिल्ला अधिवेशनमा जिल्ला उपसचिव पदमा पराजित उमेद्वार हुन् ।संयोजक र सचिव चयन गरेको नेपाल समूहले अर्को भेलाबाट कमिटिलाई पूर्णता दिने जनाएको छ ।

प्रकाशित: १९ चैत्र २०७७ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App