गत माघ ६ गते उम्मेदवारी दर्ता गराएकामध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गर्दै ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए ।
आयोगका अनुसार मतदाता नामावली दर्ता, मनोनयनसँगै सूची सार्वजनिक, दावी विरोध तथा उम्मेदवारी फिर्तासम्मका निर्वाचनका गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन भएको पनि आयोगले जनाएको छ ।
प्रकाशित: ९ माघ २०८२ १५:११ शुक्रबार





