१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को  प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो।  

प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भइसकेको छ। अविश्वासको प्रस्तावमा छलफल गर्नुपर्ने भए पनि बारम्बार स्थगित हुँदै आएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएपछि प्रदेशसभा बैठक अन्यौलमा परेको छ।  

गत फागुन ९ गते अविश्वास प्रस्ताव पेश भएपछि फागुन २० गतेसम्म बैठक स्थगित गरिएको थियो। फागुन १९ गते नै प्रदेशसभा सचिवालयले विशेष कारण देखाउँदै चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेको थियो। चैत २ गतेको बैठक पनि एक दिनअघि चैत १ गते सूचना टाँसेर अनिश्चितकालका लागि प्रदेशसभा सचिवालयले स्थगित गरेको छ। प्रदेशसभामा विधेयकहरू नआएका कारण प्रयाप्त विजनेश नहुँदा बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले बताइन्।

प्रकाशित: १ चैत्र २०७७ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App