१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशः दलहरुसँग बार्ता गर्न कांग्रेसले बनायो कार्यदल

लुम्बिनी प्रदेशमा प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पछिल्लो राजनीतिक फेरवदलका अवस्थामा अन्य दलसंग बार्ताकालागि कार्यदल गठन गरेको छ  । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाइ मध्यनजर गर्दै काँग्रेसले वार्ताकालागि कार्यदल बनाएको हो ।  

प्रदेशसभा काँग्रेस संसदिय दलका नेता  वीरेन्द्रकुमार कनोडीयाले तीन सदस्यीय कार्यदल गठन गरेका हुन । कार्यदलमा प्रदेशसभा संसदिय दलको प्रमुख सचेतक फकरुद्दिन खान,बीरबहादुर राना र रमा अर्याल छन । सवोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताइदिएपछि उत्पन्न परिस्थितीलाइ मध्येनजर गर्दै प्रदेशको स्थायित्व र समसामयिक राजनीतिक बिषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुसंग छलफल तथा संवादकालागि कार्यदल गठन गरीएको संसदिय दलका नेता कनोडीयाले बताए ।  कार्यदल गठन पछि प्रमुख सचेतक खाँनले पछिल्लो राजनीतिक परिस्थितीमा सरकारको नेतृत्व लिने गरी दलहरुसंग छलफल परामर्श सुरु गर्ने बताए । पार्टीको केन्द्रको निर्देशन र प्रदेशको बस्तुस्थितीलाइ ध्यानमा राखेर छलफल चलाइने खाँनेले बताए ।  

सर्वोच्चको निर्णय  पछि प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा छ । माओवादील समर्थन फिर्ता लिदा  पोखरेललाइ ३ मतको खाँचो पर्छ । कुल ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशसभामा पार्टी एकीकृत रहदासम्म ६१ जना सांसद नेकपाका थिए । पूर्ववत एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेका ४१ सांसद छन । बहुमतकालागि चाहिने संख्या ४४ हो ।  प्रदेशसभाका २० जना सांसद तत्कालीन माओवादी केन्द्रका छन् । प्रदेश सभामा काँग्रेसका १९, जनता समाजवादीका ६ जना र जनमोर्चाको १ जना छन ।

 

 

प्रकाशित: २६ फाल्गुन २०७७ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App