५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

आजको प्रतिनिधिसभा बैठकमा ७ वटा अध्यादेश पेश हुँदै

फाइल तस्बिर।

सर्वोच्च अदालतबाट पुनःस्थापना भएपछिको प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विभिन्न सात वटा अध्यादेशहरु अनुमोदनका लागि पेश गर्ने र दिवंगत सांसदहरुप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गर्ने छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेश हुने कार्यसूची छ।  

यसैगरी, पूर्व र बहालवाला गरी १४ जना सांसदहरूको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने तय भएको छ।

यसअघि २३ गतेको बैठक सुरु भएलगत्तै सत्तारुढ नेकपा एकालेको माधव नेपाल समूह र नेकपा माओवादीका सांसदहरुले सचिालयको कार्यसूचीप्रति असुन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेका थिए। त्यसपछि बाँकी रहेका नेपाली कांग्रेस र जसपाका सांसद्हरुले संवैधानिक परिषद् सम्बन्धीको अध्यादेशको विरोध गरेपछि बैठक स्थगित गरिएको थियो।

प्रतिनिधिसभा बैठक नरहेको अवस्थामा सरकारले ल्याएका संवैधानिक परिषद्लगायतका अध्यादेश अनुमोदनको प्रयास भएपछि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलले संसद्मा विरोधको सूचना दर्ता गराएका छन्। उनीहरुले विरोध गर्दै आएका संवैधानिक परिषद्लगायतका अध्यादेश पेश हुने भएपछि आजको बैठक पनि अवरुद्ध हुने देखिएको छ।

प्रकाशित: २६ फाल्गुन २०७७ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App