१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सर्वोच्चको फैसलासँग असन्तुष्ट बनेकाे प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

क्याप्शन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षीय स्थायी कमिटिी बैठक सुरु भएको छ। पेरिसडाँडामा केहीबेरअघि सुरु भएको बैठक नेकपाको अधिकारिकताका सम्बन्धमा सर्वोच्च अदालतले आइतबार गरेको फैसलामा केन्द्रित हुनेछ।

तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउनेगरी सर्वोच्चले गरेको फैसलालााई प्रचण्ड–नेपाल समूहले असन्तुष्ट जनाएको छ।

आइतबार साँझ सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चले संविधान र कानुनविरुद्धको निर्णय गरेको बताएका थिए। उनले थप निर्णय आजको स्थायी कमिटी बैठकबाट गर्ने समेत बताएका थिए।

प्रकाशित: २४ फाल्गुन २०७७ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App