१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सबैलाई ‘कम्फर्टेबल’ सरकार बन्नुपर्छ भनेको हुँ, भारतको मात्र नाम लिएर कुप्रचार गरियो : प्रचण्ड

फाइल तस्बिरः नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भारतलाई मात्र सहज हुनेगरी सरकार बनाउनुपर्छ भनेर अभिव्यक्ति नदिएको बताएका छन्। बुधबारको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा प्रचण्डले आफूले सबै पक्षको हित हुनेगरी सरकार बनाउनुपर्छ भनेको तर भारतको मात्र नाम लिएर कुप्रचार गरिएको बताएका हुन्।

बैठकमा प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर कुप्रचार गरिएको भनेको बैठकमा सहभागी स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए।  

‘हामी यदि देशभित्र एकतावद्ध भयौं भने सम्पूर्ण पार्टीहरु मिलेर यो देशको राज्य सञ्चाल गर्‍यौं भने चीन, भारत लगायत सबै अन्तर्राष्ट्रिय समुदायले हाम्रो त्यो कुराको सम्मान गर्छ, सबैलाई त्यो कुरा अनुकूल लाग्छ भन्ने किसिमलै मैले अभिव्यक्ति दिएको हुँ। त्यसलाई अन्यथा गरेर एउटा देशको नाम छुटाएर अरु देशको प्रसंगलाई छोट्याएर जुन कुप्रचार गरिएको छ, त्यो गलत हो। मैले त्यसरी भनेको छैन,’ प्रचण्डको भनाईलाई उद्धृत गर्दै रावलले भने,‘यसतफै सबैको ध्यान जाओस् भनेर उहाँले आग्रह गर्नुभएको छ।’

प्रतिनिधिसभा पुनःस्थापनापछि फागुन १४ गते साँझ प्राइम टाइम्स टेलिभिजिनमा ऋषि धमालासँगको अन्तार्वार्तामा प्रचण्डले नेपाली कांग्रेस, आफू पक्षीय नेकपा र जनता समाजवादी पार्टी मिलेर सरकार बनाए भारत र चीनका लागि पनि सहज हुने बताएका थिए।

प्रचण्डले भनेका थिए, ‘म के देख्छु भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतको लागि पनि ‘कम्फर्टेबल’ समीकरण हो। चीनको लागि पनि यो ‘कम्फर्टेबल’ नै हुन्छ। यति राम्रो सम्भावना अहिले छ, यो सम्भावनामा जानुर्‍यो भनेर मैले भनेको छु। फेरि आत्मसमीक्षासहित भनेको छु। यो नै सबैको हितमा छ भन्ने मेरो भनाइ हो।’

सोही अभिव्यत्तिलाई लिएर प्रचण्डको अहिलेसम्म पनि तीव्र आलोचना भइरहेको छ।

प्रकाशित: १९ फाल्गुन २०७७ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App