२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्ड–नेपाल पक्षको निर्णयः पाँच जना पार्टीबाट निलम्बन, नेम्वाङलाई पदबाट राजीनामा दिन निर्देशन

तस्बिरः विष्णु रिजालकाे ट्विटरबाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले संसदीय दलको उपनेता सुवास नेम्वाङलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको अनुशासन उलङ्घन गरेको नेम्वाङलाई संसदीय दलको उप–नेताबाट राजीनामा दिन भनेको हो।

बैठकले गरेका निर्णय सार्वजनिक गर्दै स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको विधि विधानविरीतका गतिविधि गरेको भन्दै प्रभु साह, महेश बस्नेत, सूर्य थापालाई कारबाही गरेको समेत जानकारी दिए। उनकाअनुसार प्रभु साह, महेश बस्नेत, कर्णबहादुर थापा, शान्ता चौधरी र सूर्य थापालाई पार्टीको अनुशासन उलङ्घन गरेको भन्दै ६ महिनाका लागि निलम्बन गरिएको छ। यस्तै, विशाल भट्टराईलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको छ। उनीहरुले केपी शर्मा ओलीको निर्देशनमा अर्मयादित क्रियाकलाप गरको प्रचण्ड–नेपाल समूहको ठहर गर्छ। 

यस्तै बैठकले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएकोप्रति निन्दा गरेको छ। बैठकले केही दिनअघि पोखरामा आयोजित एक कार्यक्रममा आफू असुरक्षित रहेको भनी प्रधानमन्त्रीले ओलीले दिएको अभिव्यक्तिको आलोचना समेत गरेको छ। त्यसरी अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एक क्षण पदमा नमिल्ने बैठकको ठहर छ।

यसैगरी बैठकले राष्ट्रपतिका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकोप्रति पनि निन्दा गरेको छ।

यस्तै, केन्द्रीय कमिटीमा बहुमत हुँदाहुँदै पनि निर्वाचन आयोगले अहिले आफूहरुलाई पार्टीको आधिकारिकता नदिएको भन्दै खेद प्रकट समेत गरेको छ।

प्रकाशित: १९ फाल्गुन २०७७ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App