संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसलाको तयारी गरेको छ। सर्वोच्च उच्च स्रोत फैसला आजै आउन सक्ने जनाएको छ।
अहिले सर्वोच्चमा रिट निवेदकहरु र मुद्दामा वहस गर्ने वकिलहरुलाई बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। संसद विघटनविरुद्ध सर्वोच्चमा १३ वटा मुद्दा परेका थिए।
प्रकाशित: ११ फाल्गुन २०७७ १२:०८ मंगलबार