१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश १ का १३ जिल्लामा प्रचण्ड-माधव समूहको नेतृत्व टुंगियो

नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का १३ जिल्लामा नेतृत्व टुंगो लगाएको छ। प्रचण्ड माधव समूहले मोरङ बाहेक प्रदेश १ का सबै जिल्लामा नेतृत्व टुंगो लगाएको हो।

मोरङको अध्यक्ष को बन्ने भन्ने विषयमा विवाद आएपछि प्रचण्ड माधव समूहले मोरङको नेतृत्व टुंगोलगाउन सकेको छैन। नेकपाका अध्यक्ष  पुष्पकमल दाहाल र माधव नेपालबीच भएको  सहमति अनुसार  ताप्लेजुङको अध्यक्षमा विजय बनेम, सचिवमा बलबहादुर साम्सोहाङ, पाँचथरमा कमल जवेगु, सचिवमा होमप्रसाद जवेगु, इलाममा अध्यक्ष भक्त केसी, सचिवमा सोममाया राई र झापामा अध्यक्ष वेदराज रेग्मी र सचिवमा मणिकुमार साङपाङ चयन भएका छन्। त्यसैगरी सुनसरी अध्यक्षमा योगेन्द्र मण्डल, सचिवमा रमेश बस्नेत, धनकुटा अध्यक्षमा दुर्गा लिंखा, सचिवमा ऋषिराम ढुंगाना, तेह्रथुम अध्यक्षमा लक्ष्मण तिवारी, सचिवमा इन्द्रबहादुर इम्सुङ, संखुवासभा अध्यक्षमा हेमराज घिमिरे र सचिवमा कृष्ण याख्या, भोजपुरमा अध्यक्ष शरण राई र सचिवमा विमल खड्का चयन भएका छन्। खोटाङमा अध्यक्ष देवान चाम्लिङ, सचिव जलशेर राई, सोलुखुम्बु अध्यक्षमा गोम्बु शेर्पा र सचिव डिल्ली राई, ओखलढुंगा अध्यक्षमा मोहनबहादुर खड्का, सचिवमा हर्कबोल राई र उदयपुरको अध्यक्षमा विनोद कटुवाल र सचिवमा इश्वरमणि राउत चयन भएका हुन्। मोरङको नेतृत्वमा माधव नेपाल पक्ष र पुष्पकमल दाहाल दुबै पक्षका नेताहरूले अध्यक्षमा दाबी गरेपछि मोरङमा नेतृत्व चयन हुन नसकेको हो।  

 

 

प्रकाशित: ११ फाल्गुन २०७७ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App