१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित प्रधानमन्त्री ओली सर्वोच्चमा

सर्वोच्च अदालत जाँदै प्रधानमन्त्री ओली।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली आफैं सर्वाेच्चमा उपस्थित भएर लिखित जवाफ पेश गरेका छन्। सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए। ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीलाई ओलीले ‘बाजे वकिल'  तथा बहसलाई 'तमासा’ भनेका थिए।

ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। सोहीअनुसार प्रधानमन्त्री ओलीले लिखित जवाफ पेश गरेका हुन्।

प्रधानमन्त्रीकाे उपस्थितिलाई मध्येनजर गर्दै सर्वोच्चमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। 

प्रकाशित: ६ फाल्गुन २०७७ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App