६ वैशाख २०८१ बिहीबार
राजनीति

आरआर क्याम्पसमा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप हुँदा ३ जना घाइते

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप हुँदा तीन जना घाइते भएका छन्। ओली समूह र प्रचण्ड–नेपाल समूहबीच सरस्वती पूजाको विषयलाइ लिएर विवाद भएपछि प्रचण्ड–नेपाल समूह समर्थक तीन जना विद्यार्थी घाइते भएका हुन्।

आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का एक जना पूर्व अध्यक्षकाअनुसार प्रचण्ड–नेपाल समूह समर्थक दीलिप खड्का, विशाल रिजाल र दिपक बस्नेत घाइते भएका छन्। अहिले उनीहरुको उपचार भइरहेको छ।

प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरुले कुटपिटमा संलग्नलाई कारबाहीको मागसहित प्रहरीमा उजुरी दिएका छन्।

प्रकाशित: ४ फाल्गुन २०७७ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App