२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्डले ५ हजार जना सहिदको मात्र जिम्मा लिने भए हामी लिन्छौ १७ हजारकाे जिम्मा : लेखराज भट्ट

फाइल तस्वीर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्टले शान्ति प्रक्रियापछि तत्कालीन जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकुहरुलाई बिर्सिएको आरोप लगाएका छन्। पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेता भट्टले जनयुद्धमा योगदान दिएकाहरुलाई प्रचण्डले बिर्सिएको टिप्पणी गरे।

टुँडिखेलमा गएर जनयुद्धमा सहिद भएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफू लिन्छु भनेर प्रचण्डले कायरता प्रदर्शन गर्न खोजेको उनको भनाई छ।

‘उहाँ (प्रचण्ड) टुडिखेलमा गएर ५ हजारको जिम्मा लग्छु भन्नुहुन्छ। १७ हजारको किन नलिने? प्रचण्डले त्यो सक्नुहुन्न र उहाँमा कायरता आएको हो भने त्यसको जिम्मा हामी लिन्छौं। जनयुद्धमा १७ हजारको बलिदानी गएको छ।’ उनले भने, ‘तर, यतिखेर उहाँ (प्रचण्ड) सडकमा हुनुहुन्छ। उहाँले अहिले तपाईं÷हामीलाई सम्झिनुभएको छ। उहाँले वितेको १४ वर्षमा जनमुक्ति सेनालाई सम्झिनुभयो कि भएन? ती सहिद परिवारलाई सम्झिनुभयो कि भएन? ती घाइते अपाङ्गलाई सम्झिनुभयो कि भएन?’

आफूहरुले घाइते तथा अपाङ्गहरुको व्यवस्थापनका लागि पटक–पटक आग्रह गरेपनि प्रचण्डले बेवास्ता गरेको उनको आरोप छ।

प्रकाशित: १ फाल्गुन २०७७ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App