१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली समूहले आज नारायणहिटी दरबार अगाडि आमसभा गर्दै

नेकपा ओली समूहले आज (शुक्रबार) नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ। आमसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डिभाइडर हटाइएको छ भने यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न भनिएको छ।  

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि ओली समूहले आमसभा गर्दैछ। ओली समूहले सभाका लागि देशभरबाट कार्यकर्ता उतार्दै छ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने छन्। सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ।

प्रकाशित: २३ माघ २०७७ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App