८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

अदालत प्रधानमन्त्रीको छायाँ बन्दैन : नेता खाँण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धि मुद्यामा सार्वोच्च अदालतले संविधानसम्मत रुपमा न्याय गर्नु पर्ने बताएका छन। कांग्रेसका भातृ संगठनहरुले आज (सोमबार) रुपन्देहीको भलवारीमा गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले संविधानमा व्यवस्था गरे भन्दा बाहिर गएर निर्णय गरिए त्यसलाई नेपाली जनताले कदापी स्वीकार नगर्ने बताए। अदालतले गरेका कतिपय निर्णयलाई विगतमा जनताले अस्वीकार गरेका दृष्टान्त प्रस्तुत गर्दै नेता खाँणले संविधानलाई चुनौती दिएर गरिने निर्णयलाई जनताले शिर निहुर्याएर लुरुलुरु स्वीकार गर्छन भन्ने भ्रममा नपर्न आग्रह गरे।

‘अदालतसँग मेरो आग्रह सँगसँगै चुनौती छ संविधानमा  जे प्रावधान छ त्यो भन्दा बाहिर गएर निर्णय गर्नु भयो भने त्यो अनुचित निर्णयलाई जनताले स्वीकार्ने छैनन। त्यो नेपालको न्यायीक इतिहासकालागि कलङ्कित निर्णय कहलीने छ’ नेता खाँणले भने। साधारण नागरिकले समेत ओलीले संविधान मिचेको जानकारी राखेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतलाई  प्रधानमन्त्रीको छाँया नबन्न आग्रह गरे।

संसद बिघटन सम्बन्धी प्रस्ताव पास गर्दा राष्ट्रपतिले टेकेको भनिएको धारामा संसद बिघटनको कुनै प्रावधान नभएको दावी उनले दोहोर्याए।  

 

प्रकाशित: १९ माघ २०७७ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App